समाज


आज शहीद दिवस : अमर शहीदको सम्झना गरिँदै

आज शहीद दिवस : अमर शहीदको सम्झना गरिँदै

नेपालखबर
माघ १६, २०७६ बिहिबार ३:५४,

आज शहीद दिवस। हरेक वर्ष माघ १६ गते विभिन्न कालखण्डमा प्रजातन्त्र, लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ।

नेपालमा १० माघदेखि १६ सम्म शहीद सप्ताह मनाइन्छ।

निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १० माघ १९९७ मा काठमाडौँ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।

उनीहरूकै स्मरणमा वि.सं. २०१२ देखि माघ १०–१६ मा औपचारिक रूपमा सहिद सप्ताह मनाउने गरिएको छ ।

शहीद दिवसका अवसरमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad