समाज


ऐतिहासिक चारनारायण मन्दिर जीर्णोद्धार सम्पन्न

ऐतिहासिक चारनारायण मन्दिर जीर्णोद्धार सम्पन्न

नेपालखबर
माघ १५, २०७६ बुधबार ११:४४,

पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक चारनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।

सोह्रौँ शताब्दीमा निर्मित नेवारी वास्तुकलामा निर्मित सो मन्दिर मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि जीर्णोद्धार गरिएको हो।

जीर्णोद्धार सम्पन्न भएको उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु बेरी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहभागी थिए।

परियोजनाले उद्धार गरिएका पुराना सामग्रीको सदुपयोग गर्दै भूकम्प प्रतिरोधी संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरूलाई अपनाएको हुनाले सो परियोजना भविष्यका जीर्णोद्धार परियोजनाका लागि समेत नमूना हुनसक्ने बताइएको छ।

अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत पाटन दरबार क्षेत्रस्थित मल्लकालीन चार नारायण मन्दिरलाई भूकम्पका दृष्टिले बलियो बनाउन र बृहत्रूपमा जीर्णोद्धार गर्नका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराएको अमेरिकी दूतावासले जनाएको छ।

काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) द्वारा कार्यान्वयन गरिएको उक्त परियोजनामा वल्र्ड मोनुमेन्ट फन्ड (डब्लुएमएफ), जापानी दूतावास, जर्मन दूतावास र साउथ एसिया इन्स्टिटच्युट(हाइडलबर्गबाट पनि सहयोग प्राप्त भएको थियो।

“एएफसीपी मार्फत गरिने हाम्रो काम हाम्रा राष्ट्रहरूबीचको बलियो र सक्रिय साझेदारीको प्रतीक हो,” राजदूत बेरीले सो कार्यक्रममा बताए। “हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गर्दा मलाई आज के आशा लागेको छ भने पूर्ण रूपमा जीर्णोद्धार कार्य सम्पन्न भएको यस चार नारायण मन्दिरलाई समृद्ध नेपालप्रतिको हाम्रो प्रतिबद्धताको एक अर्को प्रमाणका रूपमा हेरिनेछ।”

सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष विकासोन्मुख देशहरूलाई सांस्कृतिक सम्पदा संरक्षणका लागि प्रत्यक्ष सहयोग प्रदान गर्ने अमेरिकी सरकारको एक मात्र कार्यक्रम रहेको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

सन् २००३ यता एएफसीपीले नेपालमा २४ वटा परियोजनालाई सहयोग गरेको उसले जनाएको छ। ‘३५ लाख २० हजार अमेरिकी डलर योगदान गरिसकेको छ। एएफसीपीले पाटनमा दरबार, मूलचोक, सुन्दरीचोक र १७औँ शताब्दीका धारापानी संरचनाको जीर्णोद्धार लगायत अन्य परियोजनाहरूलाई सहयोग गरिसकेको छ,’ अमेरिकी दूतावासले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad