नेपाल प्रहरीले गएराति विभिन्न अपराधमा संलग्न भारतीय युवकलाई गोली हानी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राति १२ बजे भारतबाट नेपाल आउँदै गरेका मोतीहारीका चाँद अलीलाई नियन्त्रणमा लिएको हो।
चाँदको टोली नेपाल प्रवेश गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। यद्यपि दुई जना भाग्न सफल भएका छन्। चाँदको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चाँदको टोलीले प्रहरीमाथि फाइरिङ सुरु गरेपछि गस्ती टोलीले जवाफी फाइरिङ गरेको थियो। चाँदको गौर अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले लोडेड अवस्थाको पेस्तोल बरामद गरेको छ।
प्रहरीका अनुसार अली पहिलेदेखि नै आपराधिक कार्यमा संलग्न थिए। उनीविरुद्ध रौतहटमा मात्रै चारवटा मुद्दा दर्ता भएको छ। फिरौती माग्ने, बम पड्काउनेजस्ता संगठित अपराधमा अलिको संलग्नता रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया