ad ad

समाज


सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकले गर्‍यो यी ५ निर्णय

सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकले गर्‍यो यी ५ निर्णय

पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग।


नेपालखबर
असोज १८, २०८० बिहिबार १३:५४, काठमाडौँ

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ।

आयोगको प्रथम बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा असोज १७ गते बसेको हो। 

सो बैठकले गरेका निर्णय आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

बैठकले ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्नेलगायत ५ निर्णय गरेको छ।

आयोगको पहिलो निर्णयमा आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

तेस्रो निर्णयमा आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यमार्फत गराउने भन्ने छ।  

हेर्नुहोस् पूरा निर्णय-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो। 

आयोगका सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .