ad ad

समाज


हामीलाई अदालतसरहको अधिकार, पक्राउ पनि गर्छौं : सुन जाँचबुझ आयोगका अध्यक्ष

हामीलाई अदालतसरहको अधिकार, पक्राउ पनि गर्छौं : सुन जाँचबुझ आयोगका अध्यक्ष

पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग।


नेपालखबर
असोज १८, २०८० बिहिबार १४:१०, काठमाडौँ

सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अदालतसरह अधिकार पाएको यसका अध्यक्ष डिल्लीराज आचार्यले बताएका छन्।

आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए। 

उनले भने, ‘हामीलाई अदालतलाई भए सरहको अधिकार छ। बोलाउँदा नआउने व्यक्तिलाई पक्राउ पनि गर्छौं।’

यस्तै अध्यक्ष आचार्यले आयोगका लागि भोलिसम्ममा थप ५ जना कर्मचारी गृह मन्त्रालयबाट आउने जानकारी पनि दिए। 

‘५ जना कर्मचारी गृह मन्त्रालयबाट भोलिसम्ममा आउनेछन्’, उनले भने, ‘आवश्यक परे थप जनशक्ति मगाउँछौँ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो। 

आयोगका सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .