चीनसहित १३ मुलुकमा फैलिएको नोवेल कोरोना भाइरस सार्सजति शयक्तिशाली नभएको चिनियाँ अधिकारीहरुले बताएका छन्।
हालसम्म यो भाइरसबाट करिब २ हजार जना संक्रमित भएका छन् भने ५६ जनाको ज्यान गइसकेको छ।
‘यो रोग सार्सजति शक्तिशाली होइन भन्ने देखिन्छ,’ चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओ फुले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने।
यद्यपि यो भाइरसको फैलिन शक्ति भने बढिरहेको चिनियाँ अधिकारीहरुको भनाइ छ। एजेन्सी
प्रतिक्रिया