समाज


गाउँपालिकाका अध्यक्षले नै विकास निर्माणका काममा घुस मागेपछि...

गाउँपालिकाका अध्यक्षले नै विकास निर्माणका काममा घुस मागेपछि...

नेपालखबर
माघ ११, २०७६ शनिबार ९:१५,

सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन। कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ।

तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्ष भने स्थानीयको विकास निर्माणको आका‌क्षा लत्याउँदै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन्। आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका छन्।

सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु आठ लाख घुस लिएको अबस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। आयोगले अध्यक्ष केसीसहित निजसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पूरानो मालपोट कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको भए पनि आयोगले अनुसन्धान गरेर आजमात्र सार्वजनिक गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad