राजनीति


जनताको जनवाद समाजवादी क्रान्तिको तयारीको बाटो हो : प्रचण्ड

जनताको जनवाद समाजवादी क्रान्तिको तयारीको बाटो हो : प्रचण्ड

नेपालखबर
माघ ११, २०७६ शनिबार ८:५६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जनवाद आफ्नो पार्टीको संक्रमणकालीन कार्यदिशा भएको बताएका छन्।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि संक्रमणकालीन रुपमा जनताको जनावादको कार्यदिशा पार्टीले लिएको बताए।

‘जनताको जनवाद भन्नुको तात्पर्य के हो भने यो समाजवादी क्रान्तिको अंग, आधार समाजवादी क्रान्तिको बाटोमा जाने प्रक्रिया हो’, उनले भने, ‘जनताको जनवादलाई हामीले संक्रमणकालीन कार्यदिशा बनाएका हौँ,यो समजावादी क्रान्तिको तयारीका लागि एक बाटो मात्रै हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एकताको महाधिवेशनमा यसबोर व्यापक छलफल र थप संश्लेषण हुने दावी गरे।

Image may contain: 4 people, people standing

अध्यक्ष प्रचण्डले नेपालमा क्रान्ति विशेष र भिन्न ढंगबाट अगाडि बढेको बताए। उनले नेपालमा पुँजीपति वर्गलाईनै साथमा लिएर पुँजीवादी क्रान्ज्ति अगाडि बढेको बताए। यसखालको क्रान्ति नेपालमा मात्रै भएको उनको दावी थियो। ‘विश्वका विभिन्न देशको क्रान्तिको इतिहास हेर्ने हो भने कम्युनिस्टहरुले नै पुँजीवादी क्रान्तिको नेतृत्व गरेका छन्’, उनले भने, ‘नेपालमा त्यो भन्दा भिन्न ढंगले क्रान्ति अगाडि बढ्यो। हामीले क्रान्ति सम्पन्न गर्न पुँजीपति वर्गलाई पनि साथमा लियौँ। यो विश्वमै नौलो हो। यो मोडल संसारका कुनै किताबमा खोजेर भेटिँदैन।’ उनले यो नयाँ जनवादी र पुरानो खालको पुँजीवादी नभइ नयाँ खालको क्रान्ति भएको दावी गरे।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए। उनले नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रम बुझ्नका लागि पुस्तक अत्यन्त उपयोगी भएको बताए। उनले जनताको जनवाद पुँजीवादलाई सुदृढ गर्ने कार्यक्रम नभएको बताउँदै पुँजीवादलाई परास्त नगरेसम्म समाजवादी क्रान्ति सम्भव नभएको बताए।

इन्डिको इन्कले बजारमा ल्याएको पुस्तक गोपिरमण उपाध्याय र मनहरि तिमिल्सिनाले सम्पादन गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad