रामेछापमा आफ्नै घरको आँगनमा लडेर एक महिलाको मृत्यु भएको छ।
लिखु तामाकोशी गाउँपालिका–४ की ४५ वर्षीया सरिता तामाङको घरको आँगनमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति उनी घरको आँगनमा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी थिइन्।
स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए।
60
Shares

प्रतिक्रिया