ad ad

कारोबार


प्रसाईंले ‘अर्थतन्त्र बिगार्ने नै मारवाडी’ भनेकोप्रति उद्योग वाणिज्य महासंघ वीरगन्जको आपत्ति

प्रसाईंले ‘अर्थतन्त्र बिगार्ने नै मारवाडी’ भनेकोप्रति उद्योग वाणिज्य महासंघ वीरगन्जको आपत्ति

नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:०, काठमाडौँ

व्यवसायी दुर्गा प्रसाईंले ‘मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका लान्छना लगाएपछि वीरगन्ज उद्योग वाणिजय संघले विज्ञप्ती नै जारी गरेको छ।

विगत केही महिनाअघिदेखि सार्वजनिक रुपमा नै व्यवसायी प्रसाईंले देश बिगार्ने नै मारवाडी समुदाय रहेको बताउँदै आएको छ।

प्रसाईंको उक्त भनाईलाई गैर जिम्मेवार बताउँदै संघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

नेपालको औद्योगिकीकरण इतिहासमा अग्रभागमा रहेको तथा उद्योग, व्यापारका माफर्त देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि हरेक क्षेत्रमा मारवाडी समुदायले यागदान पुर्याएको संघले बताएको छ।

यस्ता व्यक्तव्यबाजी नगर्न समेत संघले सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .