नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शोभित थपलियालाई प्रदान गर्ने घोषणा गरेको छ।
नेफ्स्कुनको ३६औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो।
स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कूनले जनाएको छ।
एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा थपलियाले कलम चलाउँदै आएका छन्।
सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन र खबरदारीमा पुर्याएको योगदानको कदरसहित पुरस्कार दिने घोषणा भएको हो।
273
Shares
प्रतिक्रिया