बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरबीचको सम्बन्ध सामाजिक सञ्जालमा फेरि चर्चामा आएको छ।
कारण आलिया भट्टको एउटा भिडिओ हो, जसमा उनले लिपस्टिकको बारेमा कुरा गर्दै आफ्ना पति रणवीर कपूरको उल्लेख गरेकी छन्।
लाइफस्टाइल म्यागजिन वोग इन्डियाको युट्युब च्यानलमा आलिया भट्टको एउटा भिडिओ पोस्ट गरिएको छ। जसमा आलिया भट्ट अनुहारमा मेकअप गरिरहेकी छन्। भिडिओमा आलियाले मेकअप प्रक्रियाका बारेमा कुरा पनि गरेको देखिन्छ।
लिपिस्टिक लगाउने तरिकाबारे कुरा गर्दै आलिया भन्छिन्, ‘मैले यो लिपिस्टिक विवाहमा लगाएको थिएँ। मलाई यो लिपिस्टिकको रंग धेरै मन पर्छ। मैले लिपिस्टिक लगाउने तरिका अनौठो छ। मलाई ओठमा लिपिस्टिक सार्नुभन्दा लिपिस्टिकलाई एकै ठाउँमा राखेर त्यसमा ओठ सार्न मनपर्छ।’
आलियाले थपिन्, ‘मैले यो विधि आफ्ना लागि अपनाएँ तर पछि हटाएँ किनभने जब मेरा श्रीमान् (रणवीर) प्रेमी पनि हुनुभयो– हामी नाइट आउटमा जान्थ्यौँ, उहाँ सधैँ मेरो लिपिस्टिक पुछिदिनुहुन्थ्यो। किनकि उहाँलाई मेरो ओठकै रङ मन पर्छ।’
उक्त भिडिओमा आलियाले अर्को एक ठाउँमा पनि रणवीर उल्लेख गरेकी छन्।
परेलाका विषयमा कुरा गर्दै आलिया भन्छिन्, ‘मेरो श्रीमान्को निकै लामा सुन्दर परेला छन्। जब मेरी छोरी जन्मिइन्, तब मैले सबैभन्दा पहिले उनको परेला कस्ता छन् भनेर हेर्न भनेँ। टच वुड, छोरीको पनि परेला ठूला छन्।’
Shares
प्रतिक्रिया