ad ad

समाज


दोलखा पहिरो अपडेट : बेपत्ता ३ जनाको खोजी जारी, गम्भीर २ घाइतेलाई काठमाडौं ल्याइयो

बालकको मृत्यु
दोलखा पहिरो अपडेट : बेपत्ता ३ जनाको खोजी जारी, गम्भीर २ घाइतेलाई काठमाडौं ल्याइयो

घटनास्थल


नेपालखबर
साउन १९, २०८० शुक्रबार १२:४९, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७, टोपाटारमा पहिरोमा पुरिएर नाबालकको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा स्थानीय टोपबहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो।

पहिरोमा पुरिएर स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ। पहिरोमा परी ४० वर्षका यज्ञबहादुर थामी, उनकी पत्नी ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सीता थामी घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइतेमध्ये यज्ञबहादुर र धनमायालाई शुक्रबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको त्यहाँबाट प्रहरीले जनाएको छ। अर्की घाइते सीता थामीको भने सिंगटी अस्पतालमा उपचार भइरहेको छ। 

गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वाश कार्की घाइतेको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए। गएराति करिब ९ बजे बस्तीमाथिबाट पहिरो खस्दा टोपाटारका ५ वटा घर पुरिएका हुन्।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश खड्काले बेपत्ता भएकाहरूको खोजी जारी राखेको र पहिरोको जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .