सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा भइरहेकाले नदी क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
आज बिहान ८ बजे सूचना जारी गर्दै विभागले भनेको छ– ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’
78
Shares

प्रतिक्रिया