ad ad

राजनीति


राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८० बुधबार ८:५५, काठमाडौँ

आज (बुधबार) राष्ट्रियसभाको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार बैठक अहिले बिहान ११ बजे १ मिनेटमा सुरु गर्ने तयारी छ। 

बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ। 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा भएका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

यस्तै राष्ट्रियसभाका अध्यक्षले विनियोजन विधेयकअन्तर्गतकै विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यसैगरी आजको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश हित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .