संयुक्त अरब इमिरेट्सको आबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटनामा परेको छ।
२४ जना सवार सो मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जनाएका छन्।
दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ। तर मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइनसकेको राजदूत ढकालले फेसबुकमार्फत जनाएका छन्।
बिहीबार बिहान साढे ५ बजे अल राहा सडकमा सो दुर्घटना भएको थियो। घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ।
3
Shares
प्रतिक्रिया