ad ad

समाज


बालेन्द्रसँग स्पष्टीकरण माग्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश

बालेन्द्रसँग स्पष्टीकरण माग्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार २०:१४, काठमाडौँ

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नू/नगराउनू यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिइएको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन्।

‘प्रमुख शाहलाई नागरिक उड्डयन प्राधिकरणको स्पष्टीकरण माग गर्ने निर्णयलाई यसअघि कार्यान्वयन नगर्नू/नगराउनू यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको हो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तारलगायतका सामग्री नियन्त्रणमा लिएको थियो। प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो।

प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएको थिए।

यसअघि यही असार ७ गते उक्त मुद्दामा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले नागरिक उड्डयन प्राधिकरणको पत्र कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .