ad ad

खेल


बालेनलाई स्पष्टीकरणबारे उच्च अदालतले प्राधिकरणसँग माग्यो जवाफ

बालेनलाई स्पष्टीकरणबारे उच्च अदालतले प्राधिकरणसँग माग्यो जवाफ

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १७:२६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सोधिएको स्पष्टीकरणबारेमा उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग  जवाफ मागेको छ।

उच्च अदालत पाटनका न्यायाधीश धीरजबहादुर चन्दको इजलासले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको प्रकरणमा सोधिएको स्पष्टीकरणबारे प्राधिकरणलाई कारण देखाउन भनेका हुन्। 

न्यायाधीश शर्माको इजलासले यो प्रकणमा प्राधिकरणलाई कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने निर्णय गरेको छ।

त्रिभुवन विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विवाद भएपछि उनी अदालत गएका थिए।

प्राधिकरणले सोधेको स्पष्टीकरण बदर माग गर्दै मेयर शाह उच्च अदालत पाटनको ढोका ढक्ढक्याउन पुगेका थिए।

प्राधिकरणले महानगरलाई सोधेको स्पष्टीकरण संविधानप्रतिकुल भएकाले बदर मागसहित शाह अदालत गएका थिए।

नागरिक उड्ययन प्राधिकरणले सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको पाइएपछि महानगरले गत जेठ ३२ गते काम नै रोकिदिएको थियो। 

त्यसबेला पार्क बनाउन जग्गा माग्दा नदिएपछि नगर प्रहरीको टोलीले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटिदिएको थियो। 

नक्सा पासबिनाको भवन र फेन्सिङ तार प्रकरणमा विवाद चर्किएपछि प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको थियो।

प्राधिकरणले नेपाल नागरिक उड्डयन ऐनअनुसार उनीहरुमाथि किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो। त्यसैविरुद्ध बालेन अदालत गएका थिए। 

तर बालेनले यस प्रकरणमा प्राधिकरणलाई स्पष्टीकरण दिएका थिएनन्। बालेनले हालेको रिटमा प्राधिकरणले संविधानविपरीत स्पष्टीकरण सोधेर महानगरको काममा असर पुर्‍याउन खोजेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .