समाज


अस्ट्रेलियाबाट नेपाली पुरातात्त्विक महत्त्वका कलाकृति फिर्ता ल्याइँदै

अस्ट्रेलियाबाट नेपाली पुरातात्त्विक महत्त्वका कलाकृति फिर्ता ल्याइँदै

अस्ट्रेलिया पुगेका नेपाली कलाकृति। तस्बिर : रासस


नेपालखबर
असार ११, २०८० सोमबार २०:६, काठमाडौँ

अस्ट्रेलियाको ‘नेसनल ग्यालरीुमा रहेका नेपाली पूरातात्विक महत्त्वका चारथान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ। 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित नेसनल ग्यालरी अफ अस्ट्रेलिया पुगेका थिए। नेसनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेसनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो। 

कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव ६ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीनवटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन्। 

पुरातात्त्विक महत्त्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए। नेपाल ल्याएपछि ती परातात्विक महत्वका कलाकृतिहरु पुरातत्त्व विभागमा राखिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad