ad ad

राजनीति


बागमती प्रदेशसभा बैठक मंगलबार बस्दै

बागमती प्रदेशसभा बैठक मंगलबार बस्दै

नेपालखबर
असार ११, २०८० सोमबार २०:११, काठमाडौँ

बागमती प्रदेशसभाको बैठक भोलि असार १२ गते दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको हो। 

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए।

सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरट्ठ टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .