ad ad

समाज


उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनसन

उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनसन

नेपालखबर
असार ८, २०८० शुक्रबार २१:३८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन तोडेका छन्। पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनसन तोडाएकी हुन्।

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए। 

चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन्। उनी आजै चितवनबाट काठमाडौँ आएकी हुन्। 

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .