ad ad

समाज


माघे संक्रान्तिमा बागमती बाहेक सबै प्रदेशमा बिदा

माघे संक्रान्तिमा बागमती बाहेक सबै प्रदेशमा बिदा

नेपालखबर
माघ १, २०७६ बुधबार ३:३२,

मुलुकभर आज घिउ, चाकु, तरुल लगायतका परिकार खाएर माघे संक्रान्ति पर्व मनाइँदै छ।

माघे संक्रान्ति पर्वको अवसरमा आज (बुधबार) वागमती प्रदेश बाहेक देशका ६ वटै प्रदेश सरकारले सार्वजनिक विदा दिएका छन्।

धार्मिक र अध्यात्मिक दृष्टिकोणले यो चाड हिन्दुहरुको लागि महत्वपूर्ण मानिन्छ।

माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ। यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ।

थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा धुमधामपूर्वक मनाउँछन्।

मकर संक्रान्ति पनि भनिने यो पर्वमा नेपाल भरका विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ।

पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ भने संखुवासभाको बरुण धाम, मनकामना धाम, गुप्तेृश्वर गुफा, सभापोखरी तथा कार्तिके घाटमा स्नान गर्नेको घुइचो लाग्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .