कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर दश लाख चार हजार ठगी गरेको अभियोगमा प्रहरीले सातलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन्।
पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।
सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया