समाज


नेपाल छिर्‍यो मनसुन, अब मौसम बदली र वर्षा बढ्ने

नेपाल छिर्‍यो मनसुन, अब मौसम बदली र वर्षा बढ्ने

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १४:४८, काठमाडौँ

वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल प्रवेश गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जुन १४ तारिख) मा देशका कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन भित्रिएको हो। 

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। 

अब देशका अन्य स्थानमा क्रमशः मनसुन फैलिँदै जाने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। मनसुन आएपछि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम ह्वात्तै बढ्छ। 

‘भोलि (बिहीबार) र पर्सि (शुक्रबार) कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भने। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा हो भने यसभन्दा माथि र ५० मिलिमिटरभन्दा कम पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। 

अरेबियन सागरमा शक्तिशाली चक्रवात बनेकाले नेपालको पश्चिमी क्षेत्रमा भने मनसुनी गतिविधि सुरु हुन केही ढिला भइरहेको मौसमविद् झाले बताए। 

‘२/३ दिनभित्र देशका अन्य स्थानमा पनि मनसुन पुग्ने अनुमान छ’, उनले भने। 

हेर्नुहोस् विशेष माैसम बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .