ad ad

समाज


नक्कली शरणार्थी मुद्दा : सन्दीपपछि टेकनारायणका तर्फबाट बहस गरिँदै

नक्कली शरणार्थी मुद्दा : सन्दीपपछि टेकनारायणका तर्फबाट बहस गरिँदै

फाइल तस्बिर : टेकनारायण पाण्डे


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:८, काठमाडौँ


नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाअन्तर्गत काठमाडौं जिल्ला अदालतमा अहिले अभियुक्त टेकनारायण पाण्डेका तर्फबाट बहस भइरहेको छ। पाण्डे उपराष्ट्रपति कार्यालयका निवर्तमान सचिव हुन्। 

अर्का अभियुक्त सन्दीप रायमाझीका तर्फबाट बहस सकिएपछि सचिव पाण्डेको प्रतिरक्षा बहस सुरु भएको हो। 

सन्दिपका तर्फबाट वकिलहरू ईश्वरी भट्टराई,  अवतार न्यौपाने, बाबुराम दाहाल र प्रवीण सुवेदीले बहस गरे।

सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। टोपबहादुर पनि सोही प्रकरणमा पक्राउ परेका छन्। उनका तर्फबाट भने यसअघि नै बहस भइसकेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आश्वासन दिई लाखौँ ठगी गरेको अभियोमा रायमाझीका बाउछोरासहित ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ।  

सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि अहिले हिरासतमा रहेका १८ प्रतिवादीको प्रतिरक्षामा बहस भइरहेको हो। 

अभियुक्तहरुका पक्षबाट वकिलहरुले गत बुधबारदेखि बहस गरिरहेका हुन्। अहिलेसम्म सन्दीप, टोपबहादुर, केशव दुलाल, सानु भण्डारी, टंक गुरु, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईका तर्फबाट बहस सकिएको छ। 

जारी थुनछेक बहसले पुर्पक्षका लागि अभियुक्तलाई जेल पठाउने वा कारागारबाहिर राख्ने भन्ने आदेश आउनेछ। १८ अभियुक्तका तर्फबाट बहसका लागि मंगलबारसम्मको समय तोकिएको छ। यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गर्नेछन् भने सोही दिन थुनछेक आदेश दिने न्यायाधीशले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .