ad ad

खेल


अभागी इटालियन क्लब : तीनै टोली युरोपेली प्रतिस्पर्धाको फाइनलमा हारे

अभागी इटालियन क्लब : तीनै टोली युरोपेली प्रतिस्पर्धाको फाइनलमा हारे

नेपालखबर
जेठ २८, २०८० आइतबार १३:१६, काठमाडौँ

यस सिजनको युरोपेली फुटबलमा इटालियन क्लबहरुले प्रभावशाली प्रदर्शन गरे। 

इङ्लिस र स्पेनिस क्लबहरुको छायामा परिरहने इटालियन क्लबहरुले यो सिजनमा नसोचेको प्रदर्शन गर्दै आफूलाई उपाधिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए।

तर यो सिजनका तीनवटै युरोपियन प्रतिस्पर्धाको भिडन्तमा इटालियन क्लबहरु फाइलनमा पुगेर हार्न बाध्य भए।

शनिबार राति मात्रै अघिल्लो युरोकप विजेता देश इटालीको इन्टरमिलानले च्याम्पियन्स लिगको फाइनल भिडन्तमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई उपाधि सुम्पिन पुग्यो।

घरेलु टोली एसी मिलानलाई पराजित गर्दै म्यानचेस्टर सिटीसँगको भिडन्त पक्का गरेको इन्टर इस्तानबुलमा भएको खेलमा हार्न पुग्यो।

यसअघि तीन पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको इन्टर चौथो पटक च्याम्पिन हुने दाउमा थियो।

तर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुम्ने म्यानचेस्टर सिटीको हुटहुटीअगाडि उसको केही लागेन। सिटीलाई पहिलो युरोपेली उपाधि जिताउने क्रममा स्पेनिस मिडफिल्डर रोड्रीको १ गोल नै पर्याप्त भयो। 

यसअघि इटालियन क्लब रोमा युरोपा लिगको फाइनल भिडन्तमा स्पेनिस क्लब सेभिल्लासँग हार्न पुग्यो।

उपाधि भिडन्तका क्रममा निर्धारित समय १-१ गोलमा टुंगिएको अवस्थामा सेभिल्लाले पेनाल्टी सुटआउटबाट उपाधि कब्जा गर्यो। सेभिल्ला ४-१ ले विजयी हुँदै उपाधि पक्का गरेको हो। 

अर्कातिर यसै सिजनको युरोपा कन्फ्रेन्स लिगको उपाधि भिडन्तमा पनि इटालियन क्लब फियोरेन्टिना इङ्लिस क्लब वेस्ट्ह्यामसँग पराजित भयो।

फाइनल भिडन्तमा फियोरेन्टिनाले वेस्टह्यामसँग २-१ ले पराजित हुँदै उपाधि सुम्पिएको हो। 

यो सिजन च्याम्पियन्स लिग र युरोपा कन्फ्रेन्स लिगको उपाधि इङ्लिस क्लबले जित्दा युरोपा लिग स्पेनिस क्लबले जिते। इटालियन, जर्मनसहितका क्लबहरुको युरोपेली प्रदर्शन निराशाजनक रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .