ad ad

समाज


पत्रकार सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिने

पत्रकार सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिने

नेपालखबर
पुस २८, २०७६ सोमबार ४:२५,

जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कोषमा पाँच लाख प्रदान गरिने घोषणा गरेका छन्।

भिजिट मधेशद्वारा जनकपुरमा आयोजित कार्यक्रममा साहले यस्तो घोषणा गरेका हुन्। ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने उनले बताए।

जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .