ad ad

राजनीति


युक्रेनी विमान दुर्घटना : ढाँटेको विराेधमा इरानमा चर्किंदै आन्दोलन

युक्रेनी विमान दुर्घटना : ढाँटेको विराेधमा इरानमा चर्किंदै आन्दोलन

नेपालखबर
पुस २८, २०७६ सोमबार ४:९,

इरानमा सरकारविरोधी आन्दोलन चर्किंदै गएको छ। आइतबार राति पनि राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत बुधबार इरानी सेनाले प्रहार गरेको क्षेप्यास्त्र लागेर युक्रेनी विमान खस्दा त्यसमा रहेका १७६ जनाको मृत्यु भएको थियो। सुरुमा इरानी सेनाले इरानी नागरिकसमेत चढेको त्यस विमानमा आफूले क्षेप्यास्त्र प्रहार नगरेको बताए पनि पछि ‘झुक्किएर’ प्रहार भएको भन्दै माफी मागेको थियो।

याे पनियुक्रेनी जहाजमा झुक्किएर मिसाइल प्रहार भएको इरानद्वारा स्वीकार

यसरी झुट बोलेको भन्दै इरानका नागरिक आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

याे पनि : क्षेप्यास्त्र लागेर विमान दुर्घटना भएको होइन : इरान

आइतबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयतुला अली खामनेइविरुद्ध नारा लगाएको बीबीसीले जनाएको छ।

त्यस क्रममा उनीहरूले राजधानी तेहरानमा गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।

इरानी सुरक्षाकर्मीले कैयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीले विरोध रोकेनन्। सडकमा दंगा प्रहरीका साथै मोटरसाइकलमा रेभललसनरी गार्ड्सका सैनिक खटिएका बीबीसीको समाचारमा जनाइएको छ।

प्रदर्शनमा महिलाको सहभागिता पनि उल्लेख्य छ। 

सामाजिक सञ्जालमा अपलाेड भिडिओमा प्रदर्शनकारीहरूले भनेका छन्, ‘अमेरिका हाम्रो शत्रु हो भनेर उनीहरूले झुट बोलिरहेका छन्, हाम्रो शत्रु हाम्रै अगाडि छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .