जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ।
निगमले गत भदौदेखि मंसिरको अन्तिमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड ३ लाख रुपैयाँ गुमाएको हो। कार्यकारी अध्यक्षका रूपमा निगम भित्रिनेबित्तिकै खरेलले व्यावसायिक योजनाविनै नारिताको सट्टा ओसाका उडान गर्ने गर्ने निर्णय गरेका थिए। यो खबर आजको नयाँ पत्रिकामा केदार दाहालले लेखेका छन्।
वाइडबडी जहाज खरिद गर्दा निगमले बनाएको व्यावसायिक योजनामा नारिता उडान गर्ने उल्लेख थियो। तर, विगतमा नेपाल एयरलाइन्सले उडान गरेको इतिहास हुनुबाहेक कुनै पनि हिसाबले ओसाका उडान उपयुक्त थिएन। तर, सञ्चालक समितिमा समेत यो विषय नलगी एकल रूपमा ओसाका उडान सुरु गराएका थिए।

प्रतिक्रिया