ad ad

समाज


मुग्लिन-नारायणगढ सडक थप दुई दिन दिउँसो बन्द हुने

मुग्लिन-नारायणगढ सडक  थप दुई दिन दिउँसो बन्द हुने

नेपालखबर
पुस २३, २०७६ बुधबार ५:३६,

मुग्लिन-नारायणगढ सडकखण्ड आज (बुधबार) र भोलि (बिहीबार) दिउँसो बन्द गरिने भएको छ।

पहिरो रोकथाम गर्ने काम नसकिएकाले यी दुई दिन पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो। उक्त सडक मंसिर २७ गतेदेखि यसरी नै दिउँसो बन्द गर्ने क्रम जारी छ।

सडक आयोजनाका अनुसार सडकमा ढुंगा झार्ने र पहिरो रोकथामका अन्य काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द गर्न लागिएको हो।

बिहीबार दिउँसो पनि दिउँसो सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन्।

मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक गाडी लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ।

यस्तै नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन्। 

तर अत्यावश्यक सवारीसाधनलाईे प्रवेश दिइने आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .