ad ad

समाज


युक्रेनियन विमान दुर्घटना : १७० यात्रुकाे मृत्यु भएकाे आशंका (अपडेट)

युक्रेनियन विमान दुर्घटना : १७० यात्रुकाे मृत्यु भएकाे आशंका (अपडेट)

नेपालखबर
पुस २३, २०७६ बुधबार ५:२३,

बुधबार बिहान इरानको तेहराननजिकै दुर्घटना भएको  युक्रेनियन जहाजमा सवार सबै १ सय ७० जनाकै मृत्यु भएकाे आशंका भएकाे छ। 

तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेकाे हाे। 

दुर्घटनामा विमानमा सवार सबै १७० जनाकै मृत्यु भएको आशंका गरिएकाे स्थानीय मिडियालाई उधृत गर्दै द न्युयोर्क टाइम्स र द टेलिग्राफले जनाएका छन्।

यसअघि विमानमा १८० जना सवार रहेकाे बताइएकाे थियाे। 

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी केइभ जान लागेको थियाे। दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको खुलेकाे छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .