ad ad

राजनीति


प्रदेश ३ को राजधानीका विषयमा कमल थापा पनि नेकपाकै लाइनमा

प्रदेश ३ को राजधानीका विषयमा कमल थापा पनि नेकपाकै लाइनमा

नेपालखबर
पुस २३, २०७६ बुधबार ५:४६,

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रदेश ३ को राजधानीका लागि हेटौंँडा सबैभन्दा उपयुक्त ठाउँ भएको बताएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिएपछि त्यसको पक्ष र विपक्षमा बहस भइहेका बेला अध्यक्ष थापाले प्रदेश राजधानीको विषयमा नेकपाकै लाइनमा देखिएका हुन्। नेकपाकै कतिपय सांसद भने पार्टीले प्रदेशसभाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै त्यसको विपक्षमा उभिएका छन्।

अध्यक्ष थापाले सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा उपयुक्त रहेको र अन्य पूर्वाधार समेत रहेको दावी गरेका छन्।

‘प्रदेश ३ का सबै सहरहरुको तुलनामा सडक सञ्जालका हिसाबले राजधानीका लागि हेटौँडा सबैभन्दा उपयुक्त छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्’, ‘चतरा–हेटौँडा राजमार्ग निर्माण सम्पन्न हुन लाग्यो।काठमाडौँ, निजगढ द्रूतमार्ग बन्दैछ। कान्तिराजपथ पनि लगभग बनिसक्यो।त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग छँदैछ। राजधानीको अन्य सबै पुर्वाधार छ।’

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ३ को राजधानी हेटौँडा तोकेको थियो। अध्यक्ष थापा सोही सरकारमा उपप्रधान तथा स्थानीय विकाम मन्त्री थिए। थापाकै पहलमा प्रदेशको अस्थायी राजधानी हेटौँडा तोकिएको बताइएको छ। पछिल्लो समय थापा राजतन्त्रसहितको हिन्दू राष्ट्रको अभियानमा लागेका छन्।

अध्यक्ष थापाले राजधानीका विषयमा बोले पनि प्रदेशको नामका विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन्। मकवानपुर अध्यक्ष थापाको गृहजिल्ला पनि हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .