समाज


परराष्ट्रमन्त्री साउदलाई गैरआवासीय नेपाली संघको बधाई

परराष्ट्रमन्त्री साउदलाई गैरआवासीय नेपाली संघको बधाई

नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:३०, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिमण्डलले भेटेर बधाई दिनुका साथै आठ बुँदे मागपत्र प्रस्तुत गरेको छ।

संघका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो।

संघले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानूनी प्रक्रियालगायत विषयमा सम्बोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेको छ।

सो अवसरमा युरोप क्षेत्रमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि मन्त्री साउदलाई निमन्त्रणा गरिएको र उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएका थिए।

भेटमा गैरआवासीय नेपाली सङ्घका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेललगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .