वेलायतमा अध्ययन गर्न आएका रेन्हार्डले ४८ पुरुषसहित १ सय ३६ जनालाई बलात्कार गरेको प्रहरीले बताएको बीबीसीले जनाएको छ।
अदालतले यौन दुव्र्यवहार र बलात्कारमा दोषी पाएपछि रेन्हार्डको नाम पहिलोपटक सार्वजनिक गरेको हो। रेन्हार्डलाई वेलायतका सबैभन्दा खतरनाक बलात्कारी भनिएको छ।
प्रहरीले रेन्हार्डले १ सय ९० जनालाई यौन दुव्र्यवहारको सिकार बनाएको प्रमाण भेटिएको बताएका छन्।
तीमध्ये १ सय ५९ जनाले उनीमाथि प्रहरीमा उजुरी गरेका थिए। प्रहरीका अनुसार रेन्हार्डले ४८ पुरुषसहित १ सय ३६ जनालाई बलात्कार गरेका थिए।

म्यानचेस्टरमा रहेको आफ्नो फ्ल्याटमा युवाहरुलाई बोलाएर लागुऔषधले मताएर रेन्हार्डले उनीहरुमाथि बलात्कार गर्ने गरेको जनाइएको छ।
रेन्हार्डविरुद्धको पछिल्लो मुद्दा १८ महिनासम्म म्यान्चेस्टर क्राउन कोर्टमा चलेको थियो र उनलाई सबै अभियोगमा सर्वसम्मतिले दोषी ठहर गरिएको थियो।
यसअघि रेन्हार्ड सिनागाले आफूविरुद्ध लगाइएका सबै अभियोग अस्वीकार गरेका थिए।
तर उनले खिचेका भिडियो र तस्बिरहरुका आधारमा प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको थियो। बीबीसी


प्रतिक्रिया