सन् २०१९ को मे १५ मा अमेरिकाले विश्वकै ठूलो दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेलाई कालोसूचीमा राख्ने निर्णयले विश्वभर तरंग फैलियो।
हुवावेका दूरसञ्चार सामग्री आफ्नो राष्ट्रिय सुरक्षालाई चुनौती भएको भन्दै अमेरिकी वाणिज्य विभागले कालोसूचीमा राखेर अमेरिकी कम्पनीसँगको कारोबारमा प्रतिबन्ध लगाएको छ।
अमेरिकामात्र होइन अष्ट्रेलिया र न्युजिल्याण्डले पनि ‘राष्ट्रिय सुरक्षामा चुनौती’ भन्दै आफ्नो मुलुकको फाइभ–जी विस्तारमा हुवावेका सामान प्रयोग नगर्ने जनाएका छन्। तर हुवावेले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। अमेरिकाले पनि आरोपको प्रमाणद्वारा पुष्टि गर्न सकेको छैन।
कतिपय विश्लेषक यो तनाव चीन र अमेरिका बीचको ‘व्यापार युद्ध’ मात्र हो भनेर मान्न तयार छैनन्। उनीहरूका दृष्टिमा दुई फरक राजनीतिक दर्शन भएका आर्थिक महाशक्तिबीच भविष्यको प्रभुत्वलाई लिएर भइरहेको टकराव भएको बताउँदै आएका छन्।
अहिले हुवावे सामसुङपछि संसारको दोस्रो ठूलो स्मार्ट फोन निर्माता पनि हो। यसले महंगा स्मार्टफोनको दुनियाँमा अमेरिकाको एप्पल र दक्षिण कोरियाको सामसुङलाई कडा चुनौती दिइरहेको छ। हुवावेले १ सय ७० मुलुकमा व्यापार गर्छ। यसमा एक लाख ८० हजार मानिस काम गर्छन्।
हुवावेको आफ्नै मोबाइल सर्भिसेस इकोसिस्टम
अमेरिकी प्रतिबन्धपछि हुवावेले गुगल सेवा छोडेर आफ्नै मोबाइल इकोसिस्टम तयार गरेको जनाएको छ। नयाँ हुवावे फोनहरुमा गुगल प्लेस्टोरको साटो ह्वावे एप ग्यालरी, हुवावे ब्राउजर, हुवावे मोबाइल क्लाउड, हुवावे थिमहरू, हुवावे म्युजिक, हुवावे भिडियो, हुवावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हुवावे आईडी, हुवावे हेल्थ, हुवावे थिम, ह्वावे म्युजिक लगायत धेरै छन्।
हुवावेले ३० वर्षभन्दा बढी समय बिताएको भन्दै ‘१+८+एन’ रणनीतिमा संलग्न इकोसिस्टम ल्याएको बताएको छ। हुवावे कन्जुमर सर्भिसेज नेपालकी मार्केटिङ म्यानेजर प्रनिशा श्रेष्ठका अनुसार हुवावे इकोसिस्टमको १+८+एन अप्रोचले मोबाइलमा आएको फोन, स्मार्ट वाच, ल्यापटप लगायतका आठवटा सपोर्टेड डिभाइसहरू र असीमित आइवोटी सर्भिसहरूमा जोड्दछ। आईवोटी सर्भिस भनेको घरमा प्रयोग हुने सामग्रीहरु सबै स्मार्टफोनबाट सञ्चालन गर्न सकिन्छ। जस्तो स्मार्ट प्रविधि जडान गरेका घरमा कति बजे लाइट स्विच अन गर्ने, कति बजे चिया÷कफीको मेसिन अन हुने भन्ने सबै स्मार्ट फोनबाटै हुन्छ।
हुवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दै छ भने दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने कम्पनीले दाबी गरेको छ।
हुवावेभन्दा पहिला केही ब्राण्डले आफ्नै अपरेटिङ सिस्टम ल्याउने प्रयास गरे तर सफल हुन सकेनन्। हुवावेले आफ्नो रिसर्च एण्ड डेभलपमेन्ट आफ्नो अपरेटिङ सिस्टमलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर काम गरिरहेको छ। लञ्च भइसकेको पनि प्रयोगकर्तालाई कसरी सजिलो बनाउने भन्नेमा कम्पनीले काम गरिरहेको छ।
हार्मोनी ओएस हुवावेले स्मार्ट टिभी र वाचमा टेस्टिङ गरिसकेको छ। अमेरिकी थे्रट हुवावेमा मात्रै नभई हरेक चिनियाँ ब्राण्डमा रहेको विश्लेषण गरिरहेका छन्। अन्य स्मार्ट फोनहरुले पनि हार्मोनीओएस सिस्टम टेस्टिङ गरिसकेका छन्। आफ्नै इकोसिस्टम र हार्मोनीओएसले ‘फुल्ली कनेक्टेड डिजिटल वर्ल्ड’ बनाउने योजनामा रहेको छ। श्रेष्ठ भन्छिन्, ‘कुनै एउटा प्रोडक्ट मात्रै अघि बढाउने होइन सबै प्रोडक्टलाई एकै ठाउँ जोड्ने गरी हुवावे अघि बढिसकेको छ।’
एन्ड्रोइड सिस्टम पूर्ण रुपमा बन्द भए पनि हुवावेलाई कुनै असर नगर्ने कम्पनीले दाबी गरेको छ। नेपालमा हालै सार्वजनिक गरेको हुवावे मेट ३० प्रोमा कुनै पनि गुगल सर्भिसेजविना चल्न सक्छ। प्रोमा गुगलका कुनै सर्भिसेज प्रि डाउनलोड छैनन्। तर ग्राहकले चाहेमा गुगल एपहरु डाउनलोड गर्न भने सक्छन्।
सन् १९९९ देखि नेपालमा आएको हुवावेले टु÷थ्री÷फोर जी प्रविधि नेपालमा भित्र्याउँदैै टेलिकम अपरेटरहरूलाई ग्रामीण क्षेत्रमा पनि कम्युनिकेसन नेटवर्क तत्कालै जडान गर्न, टेलिकम्युनिकेसन सेवाको गुणस्तर सुधार्न तथा डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको छ।
हुवावेले अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ। सन् २०१९ को तेस्रो त्रैमासिकमा हुवावे मोबाइल सर्भिसेसको हुवावे एपग्यालरीमा मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। तेस्रो त्रैमासिकसम्म ८५.६ अर्ब आम्दानी गर्यो जुन अघिल्ला वर्षहरूको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको बताएको छ।

प्रतिक्रिया