ad ad

समाज


जंगलको डढेलो बढेका कारण वायु प्रदुषण बढ्यो : वातावरण विभाग

जंगलको डढेलो बढेका कारण वायु प्रदुषण बढ्यो : वातावरण विभाग

नेपालखबर
बैशाख ३, २०८० आइतबार १७:४८, काठमाडौँ

वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताएका हुन्। 

उनले पानी नपर्दा र हावा वहन नसक्दा प्रदुषण एकै ठाउँमा थुप्रिएको बताए।

‘वायुप्रदुषण यो समय देशभर नै बढीरहेको छ। वर्षाको सिजनमा पानी परिरहेकाले धेरै कम हुन्छ र हिउँद लाग्दै गर्दा बिस्तारै बढ्दै जान्छ,’ प्रवक्ता पौडेलले भने, ‘यसबेला पानी कम पर्ने र हावा पनि कम बहनाले बढ्छ र डढेलेको सिजनमा फेरि वायुप्रदुषण बढ्छ। अहिले वायु प्रदुषण बढेको डढेलोको कारणले हो।’

बारा, पर्सा र चितवनबाट वागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढेको उनको भनाई छ।

काठमाडौं प्रदुषणको पहिलो नम्बरमा पर्‍यो जस्ता समाचारहरु सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताए।

प्रदुषणको पहिलो, दोस्रो नम्बरमा पर्‍यो भन्नेकुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको पनि उनले बताए।

‘पानी पनि नपरिरहेको भएर यो समस्या आएको हो। विश्वकै एक नम्बरमा छ, भन्ने चाहीँ महत्व हुँदैन,’ पौडेलले भने, ‘प्रदुषणको स्तर धेरै हुँदा पनि हामी २० नम्बरतिर हुनसक्छौँ फेरि कहिले काहीँ कम नै छ भनेपनि पहिलो हुनसक्छौँ।’

अरु वर्षको तुलनामा यो हिउँदमा पानी पनि एकदम कम परेको कारणले पनि समस्या भएको उनले बताए। 

‘अहिलेको अवस्थामा रेड कलरमा काठमाडौं उपत्यकाको प्रदुषण छ। त्यो भनेको सेन्सेटिभ मानिसहरु सकेसम्म घरबाट बाहिर ननिस्किने र हामी
पनि शतर्क हुनुपर्छ,’ उनले भने, ‘अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ।’

प्रवक्ता पौडेलले प्रदुषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप शतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .