समाज


मुटुरोगीलाई ३ लाख सहयोग

मुटुरोगीलाई ३ लाख सहयोग

नेपालखबर
पुस २१, २०७६ सोमबार १२:७,

स्कटल्याण्डमा बस्दै आएका घनश्याम भण्डारीले मुटुरोगबाट ग्रसित कास्की धम्पुसका राज बिकको उपचारका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन्।

भण्डारीले बिकको उपचारका लागि सो रकम दौडिएरै जुटाएका हुन्। बिकको मुटुमा रहेको ट्युमर निकाल्नका लागि सहयोग जुटाइएको थियो। आईतबार काठमाडौं दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङमार्फत उनले उक्त रकम हस्तान्तरण गरेका हुन्।

‘धम्पुस गाबिसको सिफारीस र स्थानीयको अनुरोध सामाजिक सञ्जालमा देखेँ,’ घनश्यामले भने, ‘उपचारको लागि ३ लाख जुटाउँछु भन्ने सोचेर सहयोग संकलन शुरु गरेको थिए।’ उनले थपे, ‘पश्चिमी समाजमा हाईकीङ्, रनिङ्को माध्यमबाट पनि च्यारिटी गर्ने चलन छ।’

घनश्यामका अनुसार यस्तो प्रचलन सन् १९६९ मा सामाजिक क्रान्तिको रुपमा अमेरीकाको नर्थ डाकोताबाट शुरु भएको हो। घनश्याम आफैँ बेलायत एथलेट एसोसिएसनबाट लाईसन्सप्राप्त ‘रेगुलर हाइकररनिंग लिडर’ हुन्।

यसअघि पनि उनले क्यान्सर पीडित सागर भन्डारीको उपचार र भारतको चन्डीगढमा मृत भेटीएका चयनपुरे धम्पुस झग्रेका परिवारलाई राहत प्रदान गरेका थिए।

यस्तै धम्पुसमा बाटो, स्कुल निर्माणकार्यमा सहयोगका साथै धुर्मुस सुन्तली फाउन्डेसनलाई पनि आर्थिक सहयोग गरिसकेका छन्। उनलाई यो कार्यमा धम्पुसका युवाहरु प्रकाश गुरुङ, रबि पोख्रेल, उदय मा.वी.का शिक्षक अमृत कुमार भण्डारीलगायतले सहयोग गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .