समाज


सन् २०१९ मा ओस्लोको सडक दुर्घटनामा एक जनाको मृत्यु

सन् २०१९ मा ओस्लोको सडक दुर्घटनामा एक जनाको मृत्यु

नेपालखबर
पुस २१, २०७६ सोमबार १२:८,

नर्वे सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ओस्लोमा सडक दुर्घटनामा एक वर्षको अवधिमा एक व्यक्तिको मृत्यु भएको हो।

नर्वेले सडक दुर्घटना कम गर्ने नीति अवलम्बन गरेको छ जसअनुसार नर्वे कुनै पनि व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु नहोस् भन्ने चाहन्छ।

सन् २००२ यता नर्वेले ‘भिजन जिरो’ नीति अपाउँदै आएको छ। यसले सडक दुर्घटना न्युनिकरण गर्ने कार्यक्रम सन्चालन गर्दै आएको छ।

भिजन जिरो कार्यक्रम युरोपियन युनियनमा आवद्ध मूलुकहरुले अवलम्बन गरेका छन्। युरोपमा यस नीतिले काम गरेको विभिन्न देश स्वीकार गर्दछन्।

नजिकको दुरीमा नर्वे सरकारले गाडीको साटो साइकल प्रयोग गर्न आग्रह गरेकाे छ। त्यहाँ छुट्टै साइकल लेनहरु बनाइएका छन्।

बेलायती सञ्चारमाध्यम इन्डिपेनडेन्टका अनुसार डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेनमा गतवर्ष सडक दुर्घटनाका कारण ११० जनाको मृत्यु भएको थियो।

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .