ad ad

समाज


पक्राउ परेका १ सय २२ चिनियाँ लिन दुई चार्टर्ड जहाज बुधबार आउँदै

पक्राउ परेका १ सय २२ चिनियाँ लिन दुई चार्टर्ड जहाज बुधबार आउँदै

दीपक खरेल
पुस २१, २०७६ सोमबार ११:५९,

चीन सरकारले नेपालमा बसेर आफ्नै देशविरुद्ध साइबर अपराधमा संलग्न रहेका १ सय २२ जनालाई बुधबार चार्टर्ड उडानमा फिर्ता लैजाने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएलगत्तै उनीहरुलाई फिर्ता लैजाने प्रक्रिया सुरु भएको हो।

बुधबार साँझ चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लैजान दूतावासले विभागलाई पत्राचार गरेको छ।

विभागका अनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ६ बजे र चाइना साउदर्नमा ८० जना बुधबार साँझ ७ बजे चीन फिर्ता हुनेछन्। विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालमा पक्राउ परेका १ सय २२ जनालाई अध्यागमन कानुनअनुसार कारबाही गरेर फिर्ता पठाउने अन्तिम तयारी भइरहेको बताए।

उनले नेपाली भूमि प्रयोग गरेर चीनविरुद्ध अपराधमा संलग्न व्यक्तिहरु भोलिका दिनमा नेपालका लागि समेत खतरा बन्नसक्ने बताए।

‘हामी फिर्ता पठाउने अन्तिम तयारीमा छौं,’ महानिर्देशक पौडेलले भने, ‘सम्भवतः बुधबार फिर्ता हुनेछन्।’

केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा पुस ७ गते १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए।

प्रहरीको लापरबाहीका कारण संगठित गिरोहका नाइके भने उम्किन सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .