समाज


सुलेमानीका छोरीले अमेरिकासँग बदला कसले लिन्छ? भनेपछि रुहानीको जवाफ यस्तो

सुलेमानीका छोरीले अमेरिकासँग बदला कसले लिन्छ? भनेपछि रुहानीको जवाफ यस्तो

नेपालखबर
पुस २०, २०७६ आइतबार १३:०,

शनिबार सुलेमानीको अन्त्येष्टी गरिएको थियो। अन्त्येष्टी अगाडि सुलेमानीको घरमा इरानका राष्ट्रपति हसन रुहानी पनि पुगेका थिए। उनले दुखको घडीमा हिम्मतका साथ अगाडि बढ्नु पर्ने बताइरहेका थिए।

सुलेमानीको हत्यापछि इरानले शुक्रबार अमेरिकासँग बदला लिने बताएको थियो।

रुहानी सुलेमानीको घरमा पुग्दा सुलेमानीका छोरी जैनब सुलेमानीले राष्ट्रपति रुहानीलाई सोधेका थिए,‘मेरो पिताको हत्याको बदला कसले लिन्छ?’

बीबीसीका अनुसार रुहानीले जवाफमा भनेका थिए,‘हामी सबैले मिलेर अमेरिकाको बदला लिन्छौं।’

रुहानीले भनेका थिए,‘यो दुखको घडीमा भगवान तपाइँको साथमा छ। न्याय मिल्नेछ। अब हामी सबैले अमेरिकाको बदला लिनुपर्छ, तपाइँ यसको चिन्ता नलिनुहोस्।’

बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .