कारोबार


सूर्य नेपालको १५ सय कित्ता सेयर सिद्धार्थ राणालाई हस्तान्तरण हुने

सूर्य नेपालको १५ सय कित्ता सेयर सिद्धार्थ राणालाई हस्तान्तरण हुने

दीपक भट्ट
पुस २०, २०७६ आइतबार १२:५४,

सूर्य नेपाल प्रालिमा रहेको प्रभाकर शमशेर राणाको सेयर सिद्धार्थ शमशेर राणाले लिने भएका छन्। सिद्धार्थका पिता समेत रहेका प्रभाकरको मृत्यु भएपछि हकवालाको रुपमा सेयर माग दाबी गरेकाे स्राेतले जनाएकाे छ। सेयर माग्दै सिद्धार्थले कम्पनीमा पत्र पठाइसकेका छन्।

हाल सूर्य नेपालमा मृतक प्रभाकर शमशेरको नाममा १ हजार ४ सय ८ कित्ता सेयर रहेको छ। त्यो सबै सेयर आफ्नो नाममा गरिपाऊँ भनेर सिद्धार्थले गत असाेज २८ गते नै कम्पनीमा निवेदन दिएको खुलेको छ। सोहीअनुसार कम्पनीको सञ्चालक समितिले पनि सेयर हस्तान्तरणको प्रक्रिया अपनाएको स्रोतले नेपालखबरलाई जानकारी दियो।

प्रभाकर शमशेरको हकवाला पनि सिद्धार्थ नै रहेकोले उनको नाममा रहेको सेयर नामसारी गर्न कम्पनीले प्रक्रिया अघि बढाएको हो। गत जेठमा प्रभाकर शमशेरको मृत्यु भएको थियो। प्रभाकर राणाकी श्रीमती अमर राणाको समेत उनीभन्दा अगावै मृत्यु भएकालेले सिद्धार्थ राणा त्यसको निर्विरोध हकवाला हुन्।

चुरोट, सुर्ती, अगरबत्ती तथा सलाई उद्योगमा विदेशी लगानीसहित काम गर्दै आएको सूर्य नेपालले होटल क्षेत्रमा लगानी गर्न अघि बढेको छ। यसका लागि बूढानीलकण्ठमा कम्पनीले पाँचतारे होटल सञ्चालन गर्न लागेको हो।

कम्पनीले आफ्नो पुँजी वृद्धि गरी होटल तथा रेस्टुरेन्ट सञ्चालनको प्रक्रिया अपनाएको छ। त्यसका लागि अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय भएको हो। यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुनेछ भने अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्याइनेछ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले सन् १९८६ देखि नेपालमा कारोबार सुरु गरेको हो। यसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ। त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad