कैलालीमा महिला र पुरुष दुवैजना एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
बुधबार बेलुका कैलारी गाउँपालिकाको हसुलियामा महिला र पुरुष एकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए।
उनका अनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन। प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ।
मृत फेला परेका महिला पुरुष प्रौढ उमेरका जस्ता देखिन्छन्। ती महिला र पुरुष एकै रुखमा छुट्टाछुट्टै डोरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
120
Shares
प्रतिक्रिया