बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्।
यससँगै उनी भोलि (सोमबार) तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट उनले सफाइ पाएका हुन्।
यो फैसलापछि पल जेल परेको ठीक १ वर्षपछि रिहा हुने भएका छन्। उनीविरुद्ध एकजना नाबालिग गायिकाले २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।
त्यसपछि पलले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए।


276
Shares

प्रतिक्रिया