ad ad

बागमती


चितवनमा आगलागीबाट घर जलेर नष्ट

चितवनमा आगलागीबाट घर जलेर नष्ट

नेपालखबर
फागुन १४, २०७९ आइतबार १९:३०, हेटाैँडा

चितवनको कालिका नगरपालिका वडा नं.५ का सिस्मान दर्जीको घरमा आगलागी भएको छ। 

आइतबार दिउँसो घरमा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ। 

बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट १५ क्विन्टल मकै र २५ क्विन्टल धान जलेर नष्ट भएको छ। खैरहनीबाट पुगेको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

लागलागीबाट दर्जीको घर पूर्णरुपमा जलेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .