ad ad

समाज


भ्रमण वर्ष शुभारम्भ आज, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

भ्रमण वर्ष शुभारम्भ आज, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

नेपालखबर
पुस १६, २०७६ बुधबार २:२४,

आज नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुँदैछ। भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौँसहित देशका सातवटै प्रदेशमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ। भ्रमण वर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउने तयारी गरेको हो।

काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो ४ बजे भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैछिन्।

कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितका वक्ताले पनि कार्यक्रममा संवोधन गर्नेछन्।

कार्यक्रममा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।

त्यसैगरी भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशक पनि काठमाडौं आएका छन्।

भ्रमण वर्ष उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो। साँझ रंगाशालामा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने तयारी छ।

आजै देशका सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमकाबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ–आफ्नै ढंगले तयारी गरेका छन्। सबै प्रदेशका आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको सूची तयार गरेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेका छन्।

सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको हो। सन् २०१८ मा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .