ad ad

छापा खबर


अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

नेपालखबर
पुस १६, २०७६ बुधबार १:२५,

काठमाडौं उपत्यकामा घरधनीले डेरामा बस्नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने भएको छ।

सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

चिनियाँहरू काठमाडौंमा ठूला घरहरू भाडामा लिएर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलेपछि गृहले यस्तो निर्णय गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

निर्णयसहितको निर्देशन प्राप्त भइसकेको र त्यसलाई कार्यान्वयन गरिने प्रहरी प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले बताए ।

जसअनुसार डेरावालको परिचय खुल्ने कागजसहितको विवरण स्थानीय प्रहरी कार्यालयमा बुझाउनुपर्ने हुन्छ । प्रहरीहरूलाई आफ्नो क्षेत्रमा विवरण संकलन र अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ।

गृहको निर्णयअनुसार कसैले डेरा छाडेमा समेत प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ।

विगतमा पनि प्रहरीबाट डेरामा बस्नेको विवरण राख्ने प्रयास भएको थियो । अहिले पनि सर्वसाधारणले कसरी विवरण बुझाउने भन्ने प्रस्ट मापदण्ड छैन।

यससम्बन्धी मापदण्ड बनाइने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ । विवरण नबुझाएको अवस्थामा डेरावाला कुनै अपराधमा संलग्न भए घरधनीलाई समेत मतियारका रूपमा कारबाही गर्ने प्रहरी तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .