ad ad

समाज


दैलेखमा पेट्रोलियम अन्वेषणका लागि सरकारले दियो ४५ रोपनी जग्गा

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि सरकारले दियो ४५ रोपनी जग्गा

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:१२, काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेस्थित ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको यो निर्णयबारे बताएकी हुन्। 

‘पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ', उनले भनेकी छन्। 

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि अहिले अन्तिम चरणको काम भइरहेको छ। दैलेखको भूगोलको पेट्रोलियमको मात्र पत्ता लगाउन अन्तिम ड्रिलिङको काम अहिले चिनियाँ टोलीले गरिरहेको छ। 

नेपाली प्राविधिक र चिनियाँ प्राविधिक टोलीले दैलेखका सम्भावित भूगोलमा सर्भे गरिरहेको छ। 

खानी तथा भूगर्भ विभागको टोली र चीनको प्राविधिक टोलीले अन्वेषण अघि बढाएको हो। 

यसअघि नै पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएको थियो। त्यसपछि ०७६ फागुनमा चिनियाँ प्राविधिक टोली गएको थियो। पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनको अनुमान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .