ad ad

समाज


आँखाबिना बत्तीको के काम भन्दै कुलमानले गरे आँखादानकाे घोषणा

आँखाबिना बत्तीको के काम भन्दै कुलमानले गरे आँखादानकाे घोषणा

नेपालखबर
पुस १२, २०७६ शनिबार ११:६,

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृत्युपश्चात आफ्नो आँखा दान गर्नका लागि शनिबार घोषणा गरेका छन्।

तिलगंगा आँखा प्रतिष्ठानले मरणोपरान्त आँखाको नानी दान गर्नेहरुको स्मरणमा शनिबार काठमाडौंमा आयोजना गरेको सामुहिक श्रद्धाञ्जलि सभामा घिसिङले सो घोषणा गरेका हुन्।

‘बत्तीको उज्यालो आँखा भएन भने हेर्न सकिदैन। प्रकाशको उज्यालो हेर्न आँखा चाहिन्छ,’ सो कार्यक्रममा घिसिङले भने। सो पूण्य काममा आफू सहभागी हुन पाएकोमा उनले खुशी पनि व्यक्त गरेका थिए।

‘वास्तवमा मान्छेले मृत्युपर्यन्त स्वर्ग जान पाउँ भन्ने आशा राख्छ। सायद जजसले आँखा दान दिनुभाको छ, वहाँहरुले स्वर्गबाट आफ्नो आँखा प्राप्त गर्नेहरुलाई हेरिराख्नुभएको होला जस्तो लाग्छ मलाई,’ उनले भने। ‘यो नै सबैभन्दा पूण्य हो। जसले त्यो आँखालाई सहिरुपमा अरुलाई प्रत्यारोपण गर्नुभयो, वहाँहरु यो धर्तीको वास्तविक भगवान नै हो।’

नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्ने व्यक्तिहरुको सम्झना र सम्मानमा तिनका परिवारहरुको उपस्थितिमा सामुहिक श्रद्धाञ्जलि–सभा आयोजना गर्दै आएको सो प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले २५ वर्षअगाडि १ जनाले दान गरेर शुरु गरिएको आँखा दानमा अहिले हजारौ भन्दा बढीले दान गरिसकेको बताए। ‘अहिले नेपालभरिनै केही मात्रामा पुग्ने आँखा दिन सकेका छाैं। आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो। यसमा धार्मिक, सांस्कृतिक रुपमा अफ्ठेरो केही पनि हुदैन । मृत्युपश्चात झिक्ने हो,’ रुइतले सोहि कार्यक्रममा प्रष्ट्याए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानीदान गर्न प्रेरित गर्न, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामुहिक श्रद्धाञ्जलि अर्पण गर्नु सभाको मुख्य उद्देश्य रहेको बताइन्।

‘अहिले धेरै मानिसहरुको आँखा दानप्रति सकारात्मक साेँच बढिरहेका कारण आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदैछ। अहिले हामिले नेपालभर आँखा बैंकको सेवा दिई राखेका छाैं, उनले भनिन्।tilganga1शनिबार आयाेजित श्रध्दाञ्जलि कार्यक्रममा आफन्त तथा अन्य सहभागीहरू

प्रतिष्ठानका अनुसार आँखादाताका आफन्तजन, आँखाको नानी प्राप्त गरि सुनौलो संसार देख्ने अवसर पाएका व्यक्तिहरु, विभिन्न अस्पतालका निर्देशक, कर्मचारी र घाट सेवाकेन्द्र पशुपति लगायत सम्बन्धित संघसंस्थाहरुबाट गरि १००० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .