ad ad

समाज


मौसम अनुकूल, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन

मौसम अनुकूल, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७९ शनिबार ११:११, काठमाडौँ

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
 
प्रतिकूल मौसमले शुक्रबार काठमाडाैंविमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो।

आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए। मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो।

आज बिहानैदेखि काठमाडाैंविमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ। काठमाडाैंबाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ।

तुलनात्मकरुपमा आज काठमाडाैंउपत्यकाको आकाश खुलेको छ। बिहानैदेखि पारिलो घाम लागेको छ। शुक्रबार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो।

आज विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .