मधेस


सर्लाहीका तीनवटा नगरपालिकाले दिए ल्होसारमा दुई दिन बिदा

सर्लाहीका तीनवटा नगरपालिकाले दिए ल्होसारमा दुई दिन बिदा

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७९ शनिबार ११:१७, काठमाडौँ

सर्लाहीका तीनवटा नगरपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएका छन्।

हरिवन, बागमती र लालबन्दी नगरपालिकाले माघ ८ र ९ गते सार्वजनिक बिदा दिएका छन्। 

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सरकारले माघ ८ गते आइतबार एक दिन मात्रै सार्वजनिक बिदा दिएको छ। 

तामाङ समुदायको बाहुल्यता रहेको हरिवन, बागमती र लालबन्दी नगरपालिकाले भने ल्होसारको भोलिपल्ट पनि बिदा दिएका हुन्।

तीन वटै नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै माघ ९ गते (सोमबार) पनि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएका हुन्। बिदाको दिन नगरपालिकासँगै मातहतका वडा कार्यालय, विद्यालयलगायतका संस्था बन्द रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad